गुवाहाटी: गुवाहाटीको वशिष्ठ थाना क्षेत्रमा पुलिसको टीमले अभियान संचालन गरी एकजना महिला ड्रग्स तस्करलाई हेरोइन सहित पक्राउ गरेको छ। गुप्तसूचनाको आधारमा थाना क्षेत्रको साउकुचीस्थित शिवचरण बोरो पथमा संचालित अभियानको क्रममा एकजना महिला तस्करलाई पक्राउ गरियो।पुलिसद्वारा पक्राउ पर्ने महिला तस्करको पहिचान मुश्पुल बेगम (३८)- को रूपमा गरिएको छ। महिला तस्करको कब्जाबाट एक प्याकेट हेरोइन जफ्त गरिएको छ जसको वजन लगभग ११.३३ ग्राम रहेको अनुमान लगाइएको छ। हेरोइन अतिरिक्त ५२ वटा प्लास्टिकका स-साना खाली डब्बाहरू पनि जफ्त गरिएको छ। तस्कर महिला कामरूप (ग्रामीण) जिल्लाको छयगाउँको रहेको बताइएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी महिलासित गहन जाँचबुझ गरिरहेको छ।











