असम: मन्त्री औ विधायकहरूले पनि अब बिजुलीको पूर्ण बिल भुक्तान गर्नुपर्ने

Assam-Orunodoi-Beneficiaries-to-Receive-Rs-250-More-to-Pay-Electricity-Bills.jpg

गुवाहाटी: अब असमका विधायक तथा सरकारका मन्त्रीहरूले पनि बिजुलीको पूर्ण बिल भुक्तान गर्नुपर्नेछ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यको विद्युत विभागलाई सबै विधायक अनि मन्त्री आवासमा प्रीपेड इल्केट्रिक मीटर जड़ान गर्ने निर्देश दिएका छन्।

मुख्यमन्त्रीले आज सोशल मीडियाको माध्यमबाट बताए: ‘बिजुली विभागका अधिकारीहरूसित मेरो हालैमा भएको बातचितमा मलाई पहिलो पटक बताइयो, मन्त्री अनि वरिष्ठ अधिकारीहरूको वेतनबाट थोरै मात्र बिजुलीको बील काटिन्छ। मैले तत्काल विभागलाई मन्त्री कलोनीका आवासहरू सहित प्रत्येक सरकारी क्वार्टरमा व्यक्तिगत प्रीपेड मीटर जड़ान गर्ने निर्देश दिएँ। यस उपायको उद्देश्य यो सुनिश्चित गर्नु हो कि मन्त्री, अधिकारी एवं सरकारी कर्मचारीहरू, कसैलाई पनि सब्सिडीको सुविधा प्राप्त नहोस्’।

About Author

Advertisement