नगाउँ: नगाउँ जिल्लाको रूपहीहाट पुलिसले चारजना तस्करहरूलाई ड्रग्स तस्करीको मामिलामा सामेल रहेको आरोपमा पक्राउ गरेको छ।
गुप्त सूचनाको आधारमा संचालित अभियानमा जिल्लाका विभिन्न क्षेत्रहरूमा ड्रग्सको धन्दामा सामेल चारजना ड्रग्स तस्करहरूलाई पक्रााउ गरिएको छ।पक्रा पर्ने ड्रग्स तस्करहरूको पहिचान हसन अली, माफिदुल इस्लाम, नेकबर अली औ असाद्दुल हकको रूपमा गरिएको छ। यी सबैलाई पुलिसले सुतिरहेको अवस्थामै साइदरियाबाट पक्राउ गरेको हो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी सबै तस्करहरूसित गहन जाँच गरिरहेको छ।










