असम: डिब्रुगढमा नदी कटान प्रभावित क्षेत्रको मुख्यमन्त्री सरमाद्वारा स्थलगत निरीक्षण

Screenshot_20260802_235413_Facebook

स्थायी समाधानका लागि वैज्ञानिक योजना ल्याइने

​गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले डिब्रुगढ जिल्लाका नदी कटानबाट अति प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरी वस्तुस्थितिको अवलोकन गरेका छन्। मुख्यमन्त्रीले चाबुआ, बालिजान, पुखुरीजान, दिनजान र रहमरिया क्षेत्रमा पुगेर कटानको अवस्था र यसका मूल कारणहरूबारे जानकारी लिएका हुन्।
​निरीक्षणका क्रममा मुख्यमन्त्री सरमाले हाल सम्बन्धित विभागहरूले स्थिति नियन्त्रणका लागि युद्धस्तरमा काम गरिरहेको बताए। कटानको समस्याबाट सर्वसाधारणलाई स्थायी मुक्ति दिलाउनका लागि वैज्ञानिक र दीर्घकालीन कदमहरू चाल्नु अनिवार्य रहेको उल्लेख गर्दै राज्य सरकारले त्यसका लागि विशेष योजना बनाएको जानकारी समेत उनले दिए।

About Author

Advertisement