गुवाहाटी: गोरचुक पुलिस थानान्तर्गत इन्टर स्टेट बस टर्मिनस (आईएसबीटी) क्षेत्रमा पुलिस टीमले आज बिहान छापामारी गरेर एकजना तस्करलाई पक्राउ गरेको छ। सो तस्करको कब्जाबाट धेरै मात्रामा नक्कली भारतीय नोट जफ्त गरेको छ। छापामारीमा लगभग ६०.५८ लाख रुपियाँको नक्कली भारतीय नोट जफ्त गरियो। आईएसबीटी पुलिस चौकीको टीम सहित स्पेशल आपरेशन ग्रुप (एसओजी)- को टीमले एकजना व्यक्तिलाई गुप्त सूचनाको आधारमा छापा मारेर पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको पहिचान हाफिज अलीको रूपमा भएको छ जो मूल रूपमा माथिल्लो असमको धेमाजी जिल्लान्तर्गत गोगामुखको निवासी रहेको बताइएको छ। हाल पुलिसले आरोपीसित गहन जाँचबुझ गरिरहेको छ।










