असम: गुप्त कोठामा लुकाएर लैजाँदै गरेको २ करोड ४४ लाख बराबरको लागुऔषधसहित ट्रक नियन्त्रणमा​

FB_IMG_1779987873843

बरपेटा: असम पुलिसले लागुऔषध तस्करीविरुद्धको अभियानमा पुनः एकपटक ठूलो सफलता हासिल गरेको छ। एउटा ट्रकमा विशेष रूपले बनाइएको गुप्त कोठा (सेक्रेट क्याभिटी) भित्र लुकाएर लैजाँदै गरिएको २ करोड ४४ लाख भारतीय रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित लागुऔषध असमको बरपेटा पुलिसले बरामद गरेको हो। असमका मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत यस सफल अपरेशनको पुष्टि गर्दै लागुऔषध तस्करहरूको योजनालाई पुलिसले असफल तुल्याइदिएको जानकारी दिएका छन्। ​मुख्यमन्त्रीका अनुसार तस्करहरूले ट्रकभित्र विशेष खण्ड बनाएर ‘विशेष डेलिभरी’ असम भित्र्याउने प्रयास गरेका थिए, तर बरपेटा पुलिसले पहिले नै सूचना पाएर उनीहरूको फिर्ती यात्रा पक्का गरिदिएको थियो।

पुलिसले उक्त ट्रकबाट ६७१ ग्राम हेरोइन र २२ हजार वटा याबा ट्याब्लेट जफत गरेको छ। असम सरकारले राज्यमा लागुऔषधको जालो ध्वस्त पार्न ‘असम अगेन्स्ट ड्रग्स’ (लागुऔषधविरुद्ध असम) अभियान चलाइरहेको सन्दर्भमा यस पछिल्लो कारबाहीलाई ठूलो उपलब्धिका रूपमा हेरिएको छ।

About Author

Advertisement