अष्ट्रेलिया विरुद्ध सीरीज अघि फिटनेस हासिल गर्न घरेलु क्रिकेट खेल्ने रविन्द्र जडेजाले

स्टार अलराउण्डर रविन्द्र जडेजालाई फिटनेस हासिल गर्न घरेलु क्रिकेटमा खेलिरहेको देखिनेछ। जडेजाले सौराष्ट्रको अन्तिम रणजी ट्रफी म्याचमा खेल्ने सम्भावना रहेको छ। म्याच २४ जनवरीदेखि शुरु हुनेछ। आफ्नो दाहिने घुँड़ाको सर्जरीले गर्दा जडेजा गत वर्ष एशिया कपदेखि नै भारतीय टीमबाट बाहिर रहेका छन्। अहिले उनी बेंगलुरु स्थित नेशनल क्रिकेट एकाडमी (एनसीए)-मा रिह्याबिलिटेशनको प्रक्रिया पूरा गरिरहेका छन्। चयनकर्ताहरूले उनलाई अष्ट्रेलिया ९ फरवरीदेखि शुरु हुने बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको निम्ति १७ सदस्यीय भारतीय टीममा चयन गरेका छन्। सीरीजको पहिलो म्याच नागपुर अनि दोस्रो म्याच दिल्लीमा खेलिनेछ। त्यसपछि अन्तिम दुईवटा टेस्ट म्याच धर्मशाला र अहमदाबादमा खेलिनेछ।
अष्ट्रेलिया विरुद्ध आउँदो महिना शुरु हुने घरेलु टेस्ट सीरीजको निम्ति १७ सदस्यीय टीममा अलराउण्डर जडेजालाई सामेल गरिए पनि अन्तिम एकादशमा उनको चयन फिटनेसमाथि निर्भर गर्नेछ। एनसीए-ले फिटनेस प्रमाणित गरेपछि मात्र जडेजाले खेल्ने मौका पाउने चयनकर्ताहरूले स्पष्ट गरिसकेका छन्। जडेजाले नेटमा ब्याटिंग र बलिंग अभ्यास शुरु गरेका छन् तर प्रतिस्पर्धी क्रिकेटको निम्ति तयार अनि उपलब्ध मान्न उनले फिटनेस टेस्ट पास गर्नु पर्नेछ।

About Author

Advertisement