अष्ट्रेलियन ओपन २०२५: नोवाक जोकोविच चोटले बाहिर, जर्मनीका ज्वेरेव फाइनलमा

IMG-20250124-WA0180

मेलबर्न: अष्ट्रेलियन ओपन २०२५-को अवधि शुक्रवार अप्रत्याशित घटना भयो। मेलबर्न पार्कमा १० पल्ट खिताब जितिसकेका सर्बियाका स्टार खेलाड़ी नोवाक जोकोविच पुरुष एकलको सेमिफाइनल म्याच बीचमै छोड़ेर जान वाध्य भए। वास्तवमा जोकोविच चोटसँग जुझिरहेका छन् अनि पहिलो सेट टाईब्रेकरमा हारेपछि उनले खेल जारी राख्न सकेनन् अनि कोर्ट छोड़ेर गए। यो टेनिसप्रेमीहरूका निम्ति अप्रत्याशित घटना हो कारण उनलाई यसपाली खिताब जित्ने प्रबल दावेदार मानिएको थियो। विश्वका पूर्व नम्बर एक खेलाड़ीले सेमिफाइनल म्याच छोड़्नको साथै जर्मनीका दोस्रो वरीयता प्राप्त एलेक्जेण्डर ज्वेरेव फाइनलमा पुगे। रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम विजेता ३७ वर्षीय जोकोविचको चोटलाई गम्भीर मानिएको छ अनि उनलाई आज रड लेवर एरेनामा ज्वेरेवविरुद्ध शुरुदेखि नै संघर्ष गरिरहेको देखियो। उनले धेरै गल्ती पनि गरे। यसैकारण पहिलो सेट ज्वेरेवले ७-६ (५)-ले जिते। त्यसपछि जोकोविचले सीधै गएर आफ्नो ब्याग उठाए अनि रेफरीलाई उनी खेल जारी राख्न सक्षम नभएको जानकारी दिए। सालको पहिलो ग्राण्ड स्ल्याममा जोकोविचको यात्रा असाधारण रहेको थियो। उनले क्वार्टर फाइनलमा स्पेनका कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-३, ६-४-ले पराजित गरेका थिए। त्यसपछि सेमिफाइनल अघि उनले २ दिनको आराम पाएका थिए। आफ्नो नयाँ प्रशिक्षक एण्डी मर्रेसँग अष्ट्रेलिया आउने जोकोविचलाई टुर्नामेण्टमा सातौं वरीयता प्राप्त भएको थियो। अब पुरुष एकलको फाइनलमा ज्वेरेवको भिड़न्त शीर्ष वरीयता प्राप्त यानिक सिनर र बी शेल्टनबीच खेल्ने दोस्रो सेमिफाइनल म्याचको विजेतासँग हुनेछ। उल्लेखनीय छ, जोकोविच आफ्नो रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने लक्ष्यको साथ मेलबर्न आएका थिए तर उनको यात्रा यसरी समाप्त हुनेछ भन्ने कसैले सोचेका थिएनन्। अष्ट्रेलियन ओपनमा उनले यसअघि २००८, २०११, २०१२, २०१३, २०१५, २०१६, २०१९, २०२०, २०२१ र २०२३-मा खिताब जितेका थिए। यसबाहेर उनी ३ पल्टका फ्रेञ्च ओपन, ७ पल्टका विम्बल्डन र ४ पल्टका यूएस ओपन च्याम्पियन पनि हुन्। क्वार्टर फाइनलमा अल्काराजलाई पराजित गरी जोकोविचले अष्ट्रेलियन ओपनमा आफ्नो ९९औं जीत हासिल गरेका थिए तर ज्वेरेवविरुद्ध म्याचमा चोटले गर्दा उनले टुर्नामेण्टमा जीतको शतक पूरा गर्न सकेनन्।

जोकोविच पुरुष एकलमा सर्वाधिक ग्राण्ड स्ल्याम जित्ने खेलाड़ी हुन्। यसरी उनी बिग थ्री-का एकमात्र सक्रिय खेलाड़ी हुन्। रोजर फेडरर (२० वटा ग्राण्ड स्ल्याम खिताब) र रफायल नडाल (२२ वटा ग्राण्ड स्ल्याम खिताब)-ले सन्न्यास लिइसकेका छन्। यसरी ज्वेरेव पहिलोपल्ट अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन्। उनले यसअघि २०२४-मा फ्रेञ्च ओपन र २०२०-मा यूएस ओपनको फाइनलमा स्थान बनाएका थिए। उनले अहिलेसम्म ग्राण्ड स्ल्याम खिताब चाहिँ जित्न सकेका छैनन्।

About Author

Advertisement