अश्लील भिडियोले किशोर किशोरी प्रहरीको फन्दामा परे

IMG-20240906-WA0139

भद्रपुर: काठमांडूमा डेरा वस्दा चिनजान हुँदै प्रेममा परेका १९ वर्षीय किशोर र १६ वर्षीय किशोरीले यौन सम्पर्क गरी बनाएको अश्लील भीडीओले अहिले दुवैलाई प्रहरी कार्यालयसम्म तानेको छ।
नजिकै डेरा भएका नुवाकोटका १९ वर्षीय कविराज तामाङ र किशोरीका बीचमा सामान्य देखादेख हुँदै प्रेमको टुसा पलाएको थियो। प्रेमको टुसा मौलाउँदै यौन सम्वन्धसम्म पुग्यो। त्यसैबेला उनीहरुले मोवाईलबाट भीडीओ पनि बनाए।
यतिमात्रै होईन, उनीहरुले म्यासेन्जर तथा ह्वाट्एप मार्फत अश्लील भीडीओ/फोटो एकअर्कालाई पठाउने पनि गरेका थिए। सम्वन्ध गाँसिएको करिव १ वर्षपछि उनीहरु छुट्टिए। उनीहरुका सम्पर्कका सवै माद्यम वन्द भए।
यतिवेला आएर उनीहरु फेरी भेट हुन थालेका छन्। तर, प्रेमी–प्रेमीकाको रुपमा नभई झगडियाका रुपमा। त्यो पनि प्रहरी कार्यालयमा। उनीहरुलाई यसरी प्रहरी कार्यालयमा घिस्याउने माद्यम भने उनीहरु सँगै हुँदा बनाएको त्यही अश्लील भीडीओ भएको छ।
दुई महिनाअघि किशोरीको मोबाइलमा अचानक आफ्नै अश्लील भीडीओ आयो। उनकै सहपाठीहरुले उनलाई त्यो भीडीओ पठाएका थिए। उनी छाँगाबाट खसे झै भईन। पत्ता लगाउँदै जाँदा उनका पूर्वप्रेमीले नै भीडीओ दिएको खुल्यो।
त्यसपछि किशोरी परिवारका सदस्यसहित प्रहरी कार्यालय पुगेर पूर्वप्रेमी तामाङ विरुद्ध उजुरी दिईन। पीडित किशोरीको जाहेरीमा तामाङले आफुलाई डर/त्रास देखाएर शुरुमा अश्लील भीडीओ पठाउन लगाएको र सोही भीडीओ देखाएर पटक पटक बलात्कार गरेको आरोप लगाएकी छिन्।
‘मैले मेरो मोबाइलबाट खिचेर तामाङको मोबाइलमा पठाउने गरेको थिएँ। मलाई त्यसका लागि बाध्य पारिएको थियो’, उनले भनेकी छन्, ‘पछि त्यही भीडीओ देखाएर बलात्कार गरेको हो। कसैलाई भने भीडीयो सामाजिक सञ्जालमा पोष्ट गरिदिने धम्की दिएका थिए।’
तामाङले किशोरीका सहपाठी सिजल नकर्मीलाई भीडीओ दिएको स्विकारेका छन्। मादक पदार्थ सेवन गरेर बसेका बेला प्रशंगवस कुरा निस्किएको र हेर्नका लागि आफुले उनलाई दिएको तामाङले बताएका छन्।
नकर्मीबाहेक अरु कसैलाई पनि भिडियो नपठाएको उनले बताएका छन्। नकर्मीले भने उक्त भीडीओ टेलिग्राम र फेसबुकमा ग्रुप बनाएर हालिदिएको खुलेको छ। त्यसरी भिडियो पोष्ट भएको आफूले पनि अरु साथीहरुमार्फत थाहा पाएको तामाङले बताएका छन्।
प्रहरीले तामाङविरुद्ध बलात्कार र नकर्मीविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसूरमा अनुशन्धान गरिरहेको छ।

About Author

Advertisement