अवैध रूपमा ग्यास सिलेन्डर बिक्री तथा रिफिलिङ गरेको आरोपमा १ जना पक्राउ

IMG-20230923-WA0185.jpg

बाघडुग्रा: इनफोर्समेन्ट ग्रुपले अवैध रूपमा ग्यास सिलेन्डर बिक्री तथा रिफिलिङ गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम सुरज प्रसाद साह (३६) बताइएको छ। प्राप्त जानकारी अनुसार घोषपुकुर रूरल इनफोर्समेन्ट ग्रुपका अधिकारीहरूले हिजो सिलगढी महकुमाको घोषपुकुर-मेलानीजोत इलाकाको एउटा दोकानमा अभियान चलाएर मोठ २६ वटा सिलेन्डर उद्धार गरेको छ।

अवैध रूपमा ग्यास सिलेन्डर बिक्री गरेको आरोपमा सुरज प्रसादलाई पक्राउ गरेर फाँसीदेवा थाना पुलिसलाई सुम्पिदिएको छ। इनफोर्समेन्ट ग्रुपका अधिकारीहरूले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement