अवैध रुपमा मदिरा कारोबार गर्ने महिला पक्राउ

Screenshot_20240706_222745_Samsung Internet

सिलगढी: सिलगढीको सलुगडा अन्तर्गत देमडीमा-बेदगाडा क्षेत्रमा अवैध मदिरा व्यवसाय चलाउने एक महिलालाई पुलिसले पक्राउ गरेको छ। महिलाको नाम जुनी सुब्बा (२९) हो। स्रोतबाट प्राप्त जानकारीका अनुसार विगत केही दिनदेखि उक्त क्षेत्रमा विभिन्न फास्टफुड तथा किराना पसलको आडमा अवैध रुपमा स्वदेशी तथा विदेशी मदिराको कारोबार भइरहेको पुलिसमा उजुरी परेको थियो। त्यसपछि गए राति भक्तिनगर थानाको सादा पोशाक पुलिसले अभियान चलाएर धेरै पसलमा छापा मारेको थियो। सो क्रममा पुलिसले एक पसलबाट ठूलो परिमाणमा विदेशी मदिरा बरामद गरेको थियो। यस घटनामा एक महिला पसललाई पक्राउ गरिएको छ। आरोपीलाई आज जलपाईगुडी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement