खोरीबारीः अवैध रुपमा बालुवा तस्करी गर्ने प्रयास भइरहेको छ। तर यसअघि खोरीबारी पुलिसले बालुवा बोकेको डम्परलाई नियन्त्रणमा लिएको छ। यस घटनामा डम्पर चालक पक्राउ परेका छन्। आरोपीको नाम हरिशङ्कर राई (४०) हो। उनी सिलगढी नजिकैको सालुगढा क्षेत्रका बासिन्दा हुन्।
खोरीबारीस्थित बंगाल–विहार सीमानाको चक्कर्मारीमा चेकिङका क्रममा खोरीबारी पुलिसले बालुवा बोकेको डम्परलाई रोकेको छ। त्यसपछि डम्पर चालकलाई नियन्त्रणमा लिइएको थियो। आरोपीलाई आज सिलगढी डिभिजनल कोर्टमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।










