अविरल वर्षाले जङ्गुका विभिन्न ठाउँहरुमा व्यापक क्षति

IMG-20241003-WA0282

गान्तोक: लगातार भएको वर्षाले उत्तर सिक्किमको जङ्गुमा व्यापक क्षति पुऱ्याएको छ। विशेष लिङ्दोम नदीको किनारमा ठूलो क्षति पुऱ्याएपछि प्रभावित बनेको छ। तथापि कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ। भलले केही गाईवस्तुको नोक्सान र महत्वपूर्ण पूर्वाधार ध्वस्त पारेको छ। सबैभन्दा बढी अप्पर जङ्गु साङ्कालाङ र फिदाङमा नोक्सान पुगेको खबर छ। प्रशासनले तुरुन्तै सावधानीका लागि चेतावनी दिइएको थियो। जिल्लाका जिल्लापालको आदेशमा सम्बन्धित विभागहरू तुरुन्तै सक्रिय भएको थियो। आज बिहान पासिङदाङ ग्राम विकास अधिकारी, सहायक ईन्जिनियर र जुनियर इन्जिनियरहरू साथै जिल्ला पञ्चायत र वार्ड पञ्चायत सदस्यहरूले क्षतिको विस्तृत समीक्षा गरेका थिए। लिङ्दोम गुम्पा जाने बाटोको फुटब्रिज क्षतिग्रस्त भएको छ।

About Author

Advertisement