अविरल वर्षाका कारण बढ्यो टिस्टा नदी

IMG-20240613-WA0159

सिलगढी: गत वर्ष ४ अक्टोबरको कहाली लाग्दो सम्झनाले टिस्टा क्षेत्रका बासिन्दालाई फेरि सताइरहेको छ। उत्तर सिक्किममा विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण टिस्टा नदीले खतरनाक रुप लिएको छ। बिहानैदेखि टिष्टाको प्रकोप जारी रहेकाले यस क्षेत्रमा त्रास बढेको छ। अर्कोतर्फ टिस्टा नदीको पानीको बहाव बढेपछि टिष्टा बजार, मल्ली, रम्बी गेल्खोला, २९ माइल डुबानमा परेको छ।

स्थानीय बासिन्दा घरबार छोडेर सुरक्षित स्थानमा शरण लिन थालेका छन्। संयोगवश, गत वर्षको त्यो घटनाले सो क्षेत्रका बासिन्दाको घर पूरै तहसनहस बनाएको थियो। यसपछि मात्र राज सरकारबाट केही आर्थिक क्षतिपूर्ति प्राप्त भएको थियो। तर, टिस्टा नदीको पानीको बहाव फेरि बढेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। अर्कोतर्फ टिस्टा नदीको पानीको बहाव बढेपछि उक्त क्षेत्रमा बाढी आएपछि कालेबुङ र दार्जीलिङ जाने सडक बन्द गरिएको छ।

About Author

Advertisement