अल इण्डिया बुद्धिष्ट फोरम र अल बौद्ध संगठनले २३ जूनमा राष्ट्रिय सभा गर्ने

Chhetriya-Samachar

सिलगढी: अल इण्डिया बुद्धिष्ट फोरमको तत्वधानमा बुद्ध गया बिहारमा आगमी २३ जूनमा हाँको वाटिका ईन, सुजाता बाइपास रोड, बुद्ध गया बिहारमा आगमी १७ सेप्टेम्बर २०२४ मा पाँच लाख बौद्ध हरुलाई लिएर बिहारको राजधानी पटनामा बीटीएमसीको माग लिएर सम्पन्न हुन गईरहेको विशाल बौद्ध शान्ती रयाली बिषय सरसल्लाह , रणनीतिको तम-तयारीमा जुट्न एक महत्त्वपूर्ण सभा आयोजन हुन गइरहेको छl उक्त दिन देशका बाईस वटा राज्यहरूबाट बौद्ध प्रतिनिधि सदस्यहरूले भाग लिने जनाइएको छ। स्मरण गराइन्छ, बुद्ध गया टेम्पल म्यानेजमेन्ट कमिटी (बीटीएमसी)मा जम्मा  नौ जना समिति सदस्यहरु मध्ये अधिकांश अन्य हिन्दू महन्त सम्प्रदायबाट चयन गरिने अस्थायी कानून विगत १९४९ मा बनाए पनि आजपर्यन्त भारत स्वतन्त्र भएको यतिका वर्षहरु बितिसक्दा पनि कानून संशोधन नगरी सोही कानून लागू भइरहेकोमा विगतमा पनि वर्तमान कानून संशोधन गरि सम्पूर्ण सञ्चालन कमिटीमा मूख्यत: बौद्ध सदस्यहरू नै चयन हुनपर्ने माग गरिए छl स्थानीय तहका सरकारसँग  स्थानीय महन्त ब्राह्मणहरुले नै आजपर्यन्त बीटीएमसी सञ्चालन गरिरहेकोमा अल इण्डिया बुद्धिष्ट फोरमले कडा आपत्ति जनाउँदै गत २६ नोभेम्बर २०२३ को दिन बुद्ध गया बिहारमा देशका २२ वटा राज्यहरूबाट बौद्ध प्रतिनिधि /संघ-संस्था, बौद्ध गुरु, कानून विदहरुलाई भेला गराई विराट बौद्ध शान्ति र्याली आयोजन गरेको थियो। यसै सन्दर्भमा अल इण्डिया बुद्धिष्ट फोरम अनि अल बौद्ध संगठनले  आगमी २३ जूनमा डाकेको राष्ट्रिय बौद्ध सभामा देशको विभिन्न राज्यहरू जस्तै अरूणाचल प्रदेश, लद्दाख, सिक्किम ,हरियाणा, पंजाब, उत्तर प्रदेश , छत्तीसगढ, तेलंगना, झारखण्ड, तामिलनाडु, महाराष्ट्र, कर्णाटक, गुजरात, डुवर्स, दार्जीलिङ, कालेबुङ, मिरिक, असम, मेघालय, त्रिपुरा, हिमाचल प्रदेश, दक्षिण बंगाल आदि विशेष बिहार राज्यको बौद्ध बाहुल जिल्ला हरुबाट व्यापक संख्यामा बौद्ध प्रतिनिधिहरूले अंश ग्रहण गर्ने जनाइएको छ। साथै भूतपूर्व बिहार विधानसभा स्पीकर, डा. उदय नारायण चौधरी, दुई बौद्ध विधायक वर्तमान सतीश कुमार, फेतेह सिंह मौर्य,  नेसनल माइनोरिटी कमिसन बौद्ध सदस्या माननीय रिन्छेन लमो, दिल्लीक विधायक  राजेन्द्र पाल गौतमलगायत धेरै बौद्ध विद्वानहरु आदिको विशेष उपस्थिति रहने अल इण्डिया बुद्धिष्ट फोरम महासचिव आकाश लामाले जानकारी दिएका छन्।

About Author

Advertisement