अलिपुरद्वार जिल्ला प्रशासनिक अधिकारीहरू विरुद्ध विधानसभामा गुनासो

900286a7-a152-4405-a50f-7f40bc593f62

कालचिनीः कालचिनी विधायक विशाल लामाले बिहीबार राज्य विधानसभा सत्रमा अलिपुरद्वार जिल्ला शासक एवम् अधिकारी विरुद्ध गुनासो हालेको समाचार प्रकासमा आएको छ।
कोलकत्ताबाट विधायक विशाल लामाले बुधबार अलिपुरद्वार जिल्ला शासकसित भेट्न सांसद तथा केन्द्रिय मन्त्री जोन बारला र आफू स्वयं जाँदा पुलिसको ब्यारिकेड लगाएर रोकेको र घन्टौ कुर्दा पनि जिल्ला शासकको पक्षबाट कुनै प्रत्युत्तर नपाएकोले यसको गुनासो विधानसभाका स्पीकर बिमान ब्यानर्जी समक्ष गरिएको जनाएका छन्। जिल्ला शासकलाई फोनमा भेटने समय मागेर जाँदा पनि विधायक र सांसदलाई समय नदिएकोले स्पीकर समक्ष गुनासो गरेको विधायक विशाल लामाले बताए।

About Author

Advertisement