अलिपुरद्वारमा ९ वर्षीया बालिका दुष्कर्मको शिकार

Child-Sexual-Abuse-Rep-Image-1-copy

अलिपुरद्वार: अलिपुरद्वारमा फेरि एक बालिकालाई दुष्कर्म गरेको समाचार छ। बालिकालाई अस्पतालमा भर्ना गरिएको छ। यसपटक घटना कुमारग्राम ब्लकमा भएको समाचार छ। आरोपी व्यक्ति पीडित बालिकाकाई गाउँका रहेको समाचार छ। आरोपित युवकले बालिकाकी परिवारलाई पहिले नै चिनेका थिए। बालिकाकी बाबुले भने, ‘हिजो मेरी छोरी खोलामा नुहाउन गएकी थिइन्। त्यसपछि केटाले उसलाई जंगलमा लगेर शारीरिक दुर्व्यवहार गर्यो।‘ बालिका घर आएको १५ मिनटपछि अवस्था ठिक न भएको र रगत  बगेको परिवारले बताए। त्यसपछि बालिकाले आमालाई सबै कुरा बताइन्। उनलाई तत्काल अस्पताल लगियो। यसैबीच स्थानीयले आरोपित युवकलाई पक्रेर पुलिसलाई सुपुर्द गरियो। आरोपीलाई शनिबार अलिपुरद्वार अदालतमा पेश गरियो। बालिकाकी परिवारले आरोपीलाई मृत्युदण्डको माग गरेका छन्।  बालिकाकी बुबाले भने, ‘म उसलाई फाँसी दिन माग गर्दछु। मृत्युदण्ड नदिने हो भने यस्ता कार्यबाट धेरै मानिस बच्नेछन्।‘ एक डाक्टरले भने, ‘जब बालिकालाई ल्याइयो, उनको अवस्था निकै गम्भीर थियो। उनी बिस्तारै उपचारबाट निको भइरहेकी छन्। अहिले धेरै राम्रो छ।‘

About Author

Advertisement