अलिपुरद्वारका अभिक दासले उच्च माध्यमिकमा प्रथम स्थान गरे हासिल

Capture7-1.png

ब्यान्ड पार्टीका साथ रंगारंग जुलुस निकालियो

अलिपुरद्वार: अलिपुरद्वारको म्याकविलियम हाई स्कूलका विद्यार्थी अभिक दास उच्च माध्यमिकमा राज्यमा प्रथम भएका छन्। अभिकको यो सफलतामा जिल्लामा खुसीको माहौल देखिएको छ। अभिक दासको विद्यालय पनि उनको सफलतामा गौरवान्वित छ।
शुक्रबार म्याकविलियम स्कुलले ब्यान्ड पार्टी सहित अभिकको साथमा रंगारंग रेली निकालेर शहरका विभिन्न मार्ग परिक्रमा गरेको थियो। उक्त र्‍यालीमा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो।

About Author

Advertisement