अलपत्र परेका ६ वर्षीय बालकको सकुशल उद्धार, परिवारसँग पुनर्मिलन

FB_IMG_1794024250404

​सिलगढी: सिलगढी पुलिस कमिसनरेटअन्तर्गत एनजेपी पुलिस थानाले बाटोमा अलपत्र परेका एक ६ वर्षीय बालकको सकुशल उद्धार गरी उनका अभिभावकलाई बुझाएको छ।
​शुक्रबारका दिन इमर्जेन्सी नम्बर ११२ मा आएको एक फोन कलमार्फत पुलिसलाई पिडब्ल्यूडी मोड क्षेत्रमा एक बालक एक्लै रोइरहेको वा अलपत्र अवस्थामा रहेको जानकारी प्राप्त भएको थियो।
​खबर पाएसँगै १ीय भ्यान अफिसर सब-इन्स्पेक्टर (एसआई) विप्लव सेन र महिला पुलिसको टोली तत्काल घटनास्थलमा पुगेर बालकको उद्धार गरेको थियो। सुरक्षित रूपमा उद्धार गरिएपछि बालकलाई एनजेपी थानामा स्थापित ‘चाइल्ड फ्रेन्डली कर्नर’ (बालमैत्री कक्ष) मा राखिएको थियो।
​त्यसपश्चात गरिएको विस्तृत अनुसन्धान तथा सोधपुछका क्रममा बालककी आमा सिक्किमको गान्तोक निवासी प्रिति छेत्री रहेको खुलेको पुलिसले जनाएको छ। आवश्यक कागजात तथा कागजी प्रक्रिया र पहिचान प्रमाणीकरण पूरा गरेपछि पुलिसले बालकलाई उनकी आमाको जिम्मा लगाएको छ।
​बालबालिकाको सुरक्षा र उनीहरूको कल्याण सुनिश्चित गर्न सिलगढी पुलिस सधैं तत्पर रहेको र यस्ता आपत्कालीन अवस्थामा छिटोभन्दा छिटो प्रतिक्रिया दिँदै आएको पुलिस अधिकारीहरूले बताएका छन्।

About Author

Advertisement