अर्को राज्यमा काम गर्न गएका प्रवासी मजदुरको करेन्ट लागेर मृत्यु

1594384462

बनारहाट: पवित्र ईदअघि नै एक परिवारमाथि शोकको छाया परेको छ। रोजगारीको खोजीमा अर्को राज्यमा गएका एक प्रवासी मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। जानकारी अनुसार बनारहाट ब्लकको दक्षिण नुनखरडांगा क्षेत्रका बासिन्दा खतिबुर रहमान (४५) लामो समयदेखि केरला राज्यमा पण्डाल निर्माणको काम गर्दै आएका थिए।
ईदको अवसरमा घर फर्कनका लागि उनले पहिले नै रेलको टिकट काटेका थिए र परिवारका लागि आवश्यक सामान पनि किनिसकेका थिए। तर काम गर्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भयो।
यो दुःखद समाचार घरमा पुग्नेबित्तिकै परिवार र छिमेकीहरू शोकमा डुबेका छन्। खतिबुर रहमानको परिवारमा उनकी श्रीमती, एक छोरा र एक छोरी छन्। छोरीको विवाह भइसकेको छ, भने छोरा केही वर्षअघि सडक दुर्घटनामा घाइते भएकाले भारी काम गर्न असमर्थ छन्। त्यसैले परिवारको सम्पूर्ण जिम्मेवारी खतिबुर रहमानकै काँधमा थियो।

About Author

Advertisement