अरूण उप्रेतीले गरे रोलुको कार्यक्रमस्थलको निरीक्षण

IMG-20241211-WA0227

गान्तोक: आगामी २१ दिसम्बरको दिन पालन गरिने १६औं रोलु दिवस तयारीलाई लिएर आज ग्रामीण विकास विभाग मन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सेक्रेटरी जेनरल अरूण कुमार उप्रेतीले रोलु दिवस तयारीबारे जानकारी लिए।
मन्त्रीले मञ्च एवं पाण्डालको निम्ति चलिरहेको तयारी कार्यको निरिक्षणसितै अन्य आवश्यक विविध विषयको जानकारी लिएका छन्। मन्त्री उप्रेतीले तयारी कार्यमा जुटेका कारीगरहरू एवं पार्टी कार्यकर्ताहरुसित अन्तर्किया गर्दै आवश्यक सुझाव एवं परामर्श दिएका छन्।

About Author

Advertisement