ईटानगर: अरुणाञ्चल प्रदेशमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको राहत तथा पुनःस्थापनाका लागि सिलिगुडी अरुणाञ्चल पेन्सनर्स वेलफेयर एसोसिएसनले १ लाख ६ हजार रुपैयाँ सहयोग गरेको छ। एसोसिएसनका प्रतिनिधिहरूले उक्त रकम बराबरको चेक मुख्यमन्त्री राहत कोषका लागि हस्तान्तरण गरेका हुन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अरुणाञ्चलका मुख्यमन्त्री पेमा खाण्डुले सिलगढी अरुणाञ्चल पेन्सनर्स वेलफेयर एसोसिएसनलाई यस उदार योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री खाण्डुले विपद्को यस कठिन घडीमा प्राप्त सहयोगले बाढी प्रभावित क्षेत्रहरूमा सञ्चालित राहत, उद्धार एवम् पुनःस्थापनाका कार्यहरूमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।











