अरुणाचल: सीमा सुरक्षाका लागि सीमावर्ती गाउँको समृद्धि आवश्यक: मुख्यमन्त्री पेमा खाण्डू

ab12efba-6636-4aa8-85d2-cb78e0ee94b1

तवाङ: देशको सीमा सुरक्षालाई मजबुत बनाउन सीमावर्ती गाउँहरूलाई समृद्ध, आत्मनिर्भर र अवसरयुक्त बनाउनुपर्नेमा विशेष जोड दिइएको छ। यसै सिलसिलामा सीमा क्षेत्रका बासिन्दाको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यका साथ ‘भाइब्रन्ट भिलेज प्रोग्राम’ अन्तर्गत तवाङ जिल्लाका स्थानीय बासिन्दाहरूलाई उच्च आनुवंशिक गुणस्तर (हाई जेनेटिक क्वालिटी) भएका जर्सी क्रसब्रिड जातका गाईहरू वितरण गरिएको छ।
​अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूको विशेष पहलमा सञ्चालित यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा तवाङका ३५ जना कृषक तथा सरोकारवालाहरूलाई कुल १०५ वटा उन्नत जातका जर्सी गाई प्रदान गरिएको हो। मुख्यमन्त्री खाण्डूले सीमा क्षेत्रको समृद्धि नै राष्ट्रिय सुरक्षाको बलियो आधार भएको बताउनुभएको छ।
​यो कदमले सीमावर्ती क्षेत्रमा दिगो दुग्ध व्यवसाय (डेरी फार्मिङ) को प्रवर्द्धन गर्ने र स्थानीय बासिन्दाका लागि वर्षैभरि आम्दानीको नयाँ स्रोत सिर्जना गर्ने विश्वास लिइएको छ। यस महत्त्वपूर्ण अभियानलाई सफल बनाउन निरन्तर सहयोग पुर्‍याएकामा मुख्यमन्त्री खाण्डूले भारत सरकार, पशुपालन तथा दुग्ध व्यवसाय विभाग र नेशनल डेयरी डेवलपमेंट बोर्ड (एनडीडीबी) डेरी सर्भिसेजप्रति आभार व्यक्त गर्नुभएको छ। सीमावर्ती गाउँहरूलाई आर्थिक रूपमा सबल र जीवन्त बनाउने यो कदमले स्थानीयलाई व्यावसायिक दुग्ध उद्यम तर्फ आकर्षित गर्दै गाउँकै समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

About Author

Advertisement