अरुणाचल: बाढीपीडितका लागि देवघर सत्संग आश्रमद्वारा १ करोड रुपैयाँ सहयोग

1c2e3465-52c5-43f5-aa8c-014af7641790

इटानगर: अरुणाचल प्रदेशमा हालै आएको प्राकृतिक विपत्ति (बाढी तथा पहिरो) बाट प्रभावित परिवारहरूको सहयोगका लागि देवघरस्थित सत्संग आश्रमले १ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ।
​आश्रमका प्रतिनिधिमण्डलले अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुलाई भेटेर उक्त रकम बराबरको चेक मुख्यमन्त्री राहत कोष (सीआरएमएफ) का लागि हस्तान्तरण गरेका हुन्।
​सहयोग रकम बुझ्दै मुख्यमन्त्री खाण्डुले विपद्को घडीमा आहत भएका परिवारहरूलाई राहत पुर्‍याउन सत्संग आश्रमले देखाएको यो उदारताप्रति आफ्नो हृदयदेखि आभार प्रकट गरे।
​श्री शिवानन्द प्रसाद जीको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा सत्संगका सदस्यहरूले श्री श्री ठाकुरजीको कालजयी आदर्श र शिक्षाहरूका बारेमा चर्चा गरेका थिए। साथै, उनीहरूले समृद्ध परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणका लागि आश्रमले पुर्‍याउँदै आएको निरन्तर योगदानबारे समेत जानकारी गराए।
​मुख्यमन्त्री खाण्डुले सामाजिक कल्याण र मानवीय सेवाप्रति सत्संग आश्रम परिवारले देखाउँदै आएको अद्भूत प्रतिबद्धताको उच्च प्रशंसा गरेका छन्।

About Author

Advertisement