अरुणाचल प्रदेश: वालोंग युद्धका नायकहरूको सम्मानमा सेनाको मोटर साइकल अभियान

672e271fbd105-arunachal-indian-army-flags-off-motorcycle-expedition-honoring-walong-war-heroes-085834565-16x9

ईटानगर: वालोंग युद्धको स्मरणमा तथा वीर सैनिकहरूलाई श्रद्धाञ्जलि दिँदै भारतीय सेनाले वालोंग दिवसको ६२औं वर्षगाँठमा मिपीदेखि मेशाईसम्म मोटरसाइकल अभियान आयोजना गऱ्यो।
अरूणाचलको सशस्त्र बल तथा उत्साही मानिसहरू सहित अभियानलाई गए ८ नोभेम्बरको दिन मेजर जनरल वीएस देशपाण्डे, जनरल अफिसर कमाण्डिंग, दाओ डिबीजन औ अनिनीका विधायक मोपी मिहू र अरुणाचल प्रदेश सरकारका अधिकारीहरूले हरियो झण्डी देखाए। उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम तथा मार्शल आर्ट प्रदर्शन गरिएको थियो।रोइंग र ह्युलियांग, दुईवटा निर्धारित बिसाउनीको साथमा बाइकिंग अभियान आगामी ११ नोभेम्बरमा ऐतिहासिक वालोंग युद्ध स्मारकमा पुगेर समाप्त हुने जानकारी सेना सूत्रले आज एक बयान मार्फत दिएको हो।

About Author

Advertisement