अरुणाचल प्रदेश: ईटानगरमा भाजपाद्वारा ‘प्रगति पथ यात्रा’ को आयोजन

94298c71-a179-4dca-8dba-edffc43a17f5

१२ वर्षको विकास अनि जनकल्याणकारी कार्यहरूलाई जनतामाझ पुर्‍याउने लक्ष्य*

ईटानगर: केन्द्रमा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भएका परिवर्तनकारी विकास अनि जनकल्याणकारी योजनाहरूलाई जनतामाझ प्रष्ट पार्ने उद्देश्यका साथ भाजपा ईटानगर जिल्ला कमिटीद्वारा आज ‘प्रगति पथ यात्रा’ को भव्य आयोजन गरियो। केन्द्र अनि अरुणाचल प्रदेश सरकारको साझा प्रयासमा भएका ऐतिहासिक उपलब्धिहरूलाई उजागर गर्न देशव्यापी रूपमा सञ्चालित “१२ साल विश्वास के, विकास के, जनकल्याण के” अभियान अन्तर्गत यस महत्त्वपूर्ण यात्राको आयोजन गरिएको हो। उक्त विशेष कार्यक्रममा प्रदेश भाजपाका उपाध्यक्षहरू क्रमशः अशोक लौलाङ साङचोजु, दुङ्गोली लिबाङ, तायिङ शकुन्तला, हिगाम आङ्गो, पाङ्खु वाङ्सु, प्रदेश सचिव अधिवक्ता नबाम याही ताद, प्रदेश भाजपा महिला मोर्चाकी अध्यक्ष, ईटानगर मण्डलका अध्यक्ष यार्दा राजा गियाह कियाेगी, नाहरलगुन मण्डलका अध्यक्ष तार्ह काहा लगायत जिल्ला अनि मण्डलका कार्यकर्ता वर्गको बाक्लो उपस्थिति रहेको थियो।
जिल्ला महासचिव एवं संयोजक कियाेगी गिदा गागुङ अनि १२ वर्षे मोदी सरकार कार्यक्रमका सह-संयोजक योम्जो ओरीको प्रत्यक्ष समन्वयमा सञ्चालित यस ‘प्रगति पथ यात्रा’-ले ईटानगर राजधानी क्षेत्रभित्र रहेका ९ वटा ठूला पूर्वाधार अनि विकास परियोजनाहरूको स्थलगत भ्रमण गरेको भयो। यात्राको अवधिमा भाजपा नेतृत्वको डबल इन्जिन सरकारले पूर्वाधार निर्माण, यातायात अनि सञ्चार (कनेक्टिभिटी) र राष्ट्र निर्माणको क्षेत्रमा हासिल गरेका अभूतपूर्व प्रगतिहरूबारे विस्तृत चर्चा गरियो। प्रत्यक्ष जनसम्पर्कको माध्यमद्वारा आयोजना गरिएको यस अभियानको मुख्य उद्देश्य सरकारका नीति अनि सफल जनमुखी योजनाहरूबारे आम जनतामाझ चेतना जगाउनु र उनीहरूलाई विकासको मूल प्रवाहमा सामेल गराउनु रहेको थियो। कार्यक्रमको समापनमा वक्ताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दह्रो नेतृत्वले गर्दा नै आज अरुणाचल प्रदेश लगायत सिङ्गो उत्तर-पूर्वी क्षेत्र ‘विकसित भारत’ को सपना साकार पार्ने दिशामा तीव्र गतिमा अघि बढिरहेको कुरामा विशेष जोड दिनुभयो।

About Author

Advertisement