अम्बटेको सिरिसेमा बिजुली बत्तीको नयाँ लाईन जडानको कार्य

खरसाङ: जीटीए अन्तर्गत (आरई) पावर डिपार्टमेन्टद्वारा खरसाङ खण्ड अन्तर्गत अम्बटेको सिरिसेमा बिजुली बत्तीको नयाँ लाईन जडानको काम भ‌ईरहेको छ। आरई डिपार्टमेन्टको कार्यकारिणी अभियन्ता सुरज थापाको विशेष पहलमा यो कार्य भ‌ईरहेको जानकारी प्राप्त भएको छ। यस कार्यको थालनी भएको गाउँवासीले जीटीए मुख्य कार्यपाल अनित थापा अनि सभासद प्रणाम रसाईलीलाई धन्यवाद ज्ञापन गरेका छन्। पानीको पम्प बिजुली करेन्टको असुविधाले गर्दा प्रयोगमा आउनु असुविधाको सामना गर्न परिरहेको थियो। मनोनित सभासद प्रणाम रसाईलीले आज अम्बटे क्षेत्रको भ्रमण गरेका थिए। यस भ्रमण अवधि अम्बटेको सिरिरे समाजको सभापति सुरेन छेत्री, पानी कमिटीको सभापति मणि नारायण प्रधान, आरई डिपार्टमेन्टको सहायक अभियन्ता अरुण प्रधान अनि खरसाङ टाउन कमिटि सह सचिव बिरबल पाखरीन उपस्थित थिए। यसावाधि पावर विभागको एमओडी सभासद प्रणाम रसाइलीले पत्रकारहरूसितको कुराकानीमा यसबारेमा विस्तृत जानकारी गराउँदै कर्म नै सिध्दान्त हो भन्ने अनित थापाको भनाई अनुसार कार्य गरिरहेको र यसै क्रममा आज खरसाङ महकुमा अन्तर्गत अम्बटेको सिरिसेमा बिजुली बत्तीको जड़ान कार्य शुरु गरिएको र यस कार्यको निरीक्षण गर्नलाई आफु लगायत विभागीय अधिकारीहरू यहाँ आएको बताएका छन्। उनले अम्बटे क्षेत्रको जनताको समस्या समाधानको लागि विशेष गरी जीटीए चिफ् अनित थापालाई धन्यवाद दिएका छन्।

About Author

Advertisement