नयाँ दिल्ली: भारतीय वायु सेनाका एक अपाचे हेलीकप्टरले ३ अप्रेलमा परिचालन प्रशिक्षण उड़ानमा लद्दाखमा आपातकालीन ल्याण्डिङ गर्यो। यद्यपि, दुवै पायलट सुरक्षित छन् र उनीहरूलाई निकटतम एयरबेसमा लगियो।ल्याण्डिङको प्रक्रियामा उतार-चढ़ाउ भएको क्षेत्र र धेरै उचाईको कारण हेलीकप्टरलाई क्षति पुगेको छ। तकनीकी कारणहरूको पत्तो लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिइएको छ।वायु सेनाको बेड़ामा सामेल २२ अपाचे हेलीकप्टरको निम्ति सेम्पेटम्बर २०१५ मा अमेरिकी सरकार र बोइङ लिमिटेडको साथ अनुबन्धमा हस्ताक्षर गरिएको थियो। यो शक्तिशाली र भारी हतियार लैजानमा सक्षम भएपनि भारी ओजन भएकोले धेरै उचाई भएको क्षेत्रहरूमा पूरा क्षमताले काम गर्न सक्दैन। यसैले गर्दा हरेक १-२ महिनामा केही तकनीकी समस्याहरूको कारण अपाचे हेलीकप्टरको आपातकालीन ल्याण्डिङ गराउने स्थिति आइपुग्छ। यसैले गर्दा बुधवार आपातकालीन ल्याण्डिङको प्रक्रियामा उतार-चढ़ाउ भएको क्षेत्र र धेरै उचाई भएको कारण हेलीकप्टरलाई क्षति पुगेको छ।यहाँसम्म कि अमेरिकी वायु सेनाले गत एक वर्षमा १२-१३ अपाचे गुमाएको छ र विश्वभरिमा प्रयोग गर्ने अन्य वायु सेनाहरूको यसभन्दा पनि धेरै अपाचे दुर्घटनाग्रस्त भएको छ। अमेरिकामा एक वर्षभित्र अपाचे हेलीकप्टरलाई धेरै पल्ट ग्राउन्डेड गरिएको छ। अमेरिकी हेलीकप्टर अपाचेको एएच-६४ई (आई) मोडल भारतीय वायु सेनाको धेरै उचाई भएका आवश्यकताहरूलाई पूरा गर्न डिजाइन गरिएको छ। वायु सेनाले पठानकोट एयरबेसमा र भारतीय सेनाले जोधपुरमा अपाचे लड़ाकू हेलीकप्टरहरूको स्क्वाड्रन स्थापित गरेको छ।अपाचे लड़ाकू हेलीकप्टर फ्लाइङ रेञ्ज ५५० किलोमीटरमा १६ एन्टी ट्याङ्क मिसाइल छोड़ेर त्यसलाई नष्ट गर्नसक्छ। यसलाई दुश्मनमाथि बाज सरह हमला गरी सुरक्षित निस्किनुको निम्ति बनाइएको छ। हेलीकप्टरमुनि जड़ान बन्दूकहरूबाट ३० एमएमको १२०० गोगी एक पल्टनमा भर्नसकिन्छ। अपाचेले एक खेपमा २.४५ घण्टासम्म उड़ान भर्नसक्छ। यसले शत्रुतापूर्ण हवाई अपरेशनमा हरेक मौसम र रातमा लड्ने क्षमता राख्दछ।









