अमेरिकाले गरे रुसले पनि परमाणु परीक्षण गर्ने?

Missile-copy

रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले अमेरिकालाई डोनाल्ड ट्रम्प प्रशासनले परमाणु परीक्षणतर्फ अघि बढेमा अमेरिका पनि अगाडि बढ्ने चेतावनी दिएका छन्। डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि अमेरिकाले परमाणु परीक्षण शुरु गर्ने खबर आएपछि रुसको पत्रिका ‘कोमरसेन्ट’लाई दिएको अन्तर्वार्तामा र्याबकोभले यस्तो बताएका हुन्। रुसी नेताले भने कि यदि अमेरिकाले यस्तो गर्छ भने हाम्रा सबै विकल्पहरू पनि खुला छन्। युक्रेन युद्धका कारण रुस र अमेरिकाबीचको तनाव शीतयुद्धपछिकै उच्च तहमा पुगेको छ। यस्तो अवस्थामा परमाणु परीक्षणले तनाव थप बढाउन सक्छ। दुई महाशक्तिबीचको यो तनावले विश्वलाई अर्को विश्वयुद्धतर्फ पनि धकेल्न सक्छ। एक्प्रेस डट युकेको रिपोर्टका अनुसार परमाणु परीक्षणको सम्भाव्यतामा र्याबकोभले भने, ‘म यति मात्र भन्न चाहन्छु कि अन्तर्राष्ट्रिय परिस्थिति अहिले अत्यन्तै कठिन छ। अमेरिकी नीतिहरू हामीप्रति अत्यन्तै प्रतिकूल छन्। त्यसैले सुरक्षा सुनिश्चित गर्नका लागि हामीसँग जति विकल्पहरू छन् र राजनीतिक सङ्केत दिन हामीले जुनसुकै कदम चाल्नुपर्छ, कुनै पनि सम्भावनालाई नकार्न सकिँदैन।‘ रुस र अमेरिकाले सन् १९९० पछि कुनै पनि परमाणु परीक्षण गरेका छैनन्। रुसले सन् १९९६ मा कम्प्रिहेन्सिभ न्यूक्लियर टेस्ट ब्यान सन्धिमा हस्ताक्षर गरेको थियो। सन्धिले नागरिक वा सैन्य उद्देश्यका लागि परमाणु विस्फोटलाई निषेध गर्दछ। तर, युक्रेनमा युद्ध शुरु भएपछि रुस यो सम्झौताबाट पछि हटेको छ। अब रुस सम्झौतालाई अनुमोदन नगर्ने आठ देशको सूचीमा परेको छ। यी देशमा अमेरिका पनि परेको छ। रुस र अमेरिकाबीचको तनाव पनि चिन्ताको विषय हो किनभने दुवै देशसँग परमाणु हतियारको ठूलो भण्डार छ। रुससँग ५,५८० परमाणु हतियार छन् भने अमेरिकासँग ५,०४४ परमाणु हतियार छन्। यी दुई देशसँग विश्वको ८८ प्रतिशत परमाणु हतियार छन्। यस्तो अवस्थामा र्याबकोभको चेतावनीलाई हल्का रूपमा लिन सकिँदैन। यसले रुस र अमेरिकाबीच परमाणु प्रतिस्पर्धा पुनः सुरु हुने खतरा रहेको देखाउँछ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रामक रवैया अपनाएका छन्। योसँगै डोनाल्ड ट्रम्पले पनि रुसलाई लिएर खासै सकारात्मक देखेका छैनन्। यस्तो अवस्थामा दुई देशबीचको तनाव बढेर द्वन्द्वको रुप लियो भने त्यो विश्वका लागि निकै खतरनाक अवस्था हुनेछ।

About Author

Advertisement