खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ निर्वाचन क्षेत्रका उम्मेद्वार अमर लामाले खरसाङ बजार क्षेत्रमा चुनाव प्रचार गरेका छन्। खरसाङ टाउन कमिटीकोे अगुवाई अनि महकुमा क्षेत्रका चुनाव प्रभारी समीरदीप ब्लोन अनि खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीकोे उपस्थिति तथा खरसाङ महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरूङ अनि वार्डका नेतृत्त्वकोे पहलमा सूचिबद्ध तालिकालाई अघि बढाउँदै प्रथम चरणमा बिहानको समयमा २९ नम्बर समष्टि, खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर ११,१२, १३ अनि १५ मा वार्डका मतदाताहरुसँग भेटघाट गरी टर्च लाइटकाे चिन्हमा भोट दिएर बिजय गराई दिने अपिल गरेका छन् त्यसरी नै दोस्रो चरणमा वार्ड नम्बर ९ अनि वार्ड नम्बर १० मा यसपालीको चुनावमा आफ्नो बहुमूल्य भोट क्षेत्रीयता बचाउने पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे चुनाव चिन्ह टर्च लाइटमा भोट दिएर बिजय गराई दिने अपील गरेका छन्।










