कोलकाता: केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेकलाई पठाइएको आफ्नो नोटिस फिर्ता लिएको छ। एक दिनअघि मात्र दिउँसो लगभग १.४५ बजी ईमेलको माध्यमले सीबीआईले उनलाई नोटिस पठाएर मंगलवार सीजीओ कम्प्लेक्स स्थित केन्द्रिय एजेन्सीको अफिसमा हाजिर हुनलाई भनेको थियो। यद्यपि, त्यस अगावै सुप्रिम कोर्टले अभिषेकसित सोधपुछमा रोक लगाएको थियो। यद्यपि, सीबीआईको नोटिसमा १६ अप्रेलको मिति थियो।सोमवार अबेर साझँ अभिषेक ब्यानर्जीले ट्वीट गरी यस नोटिसको प्रति सोशल मीडियामा हालेका थिए र भनेका थिए, केन्द्रिय एजेन्सी विरूद्ध अदालतको अवमाननाको मामिला उनले सुप्रिम कोर्टमै दर्ता गर्नेछन्। यसपछि आज मंगलवार एजेन्सीको तर्फबाट अझ् एक चिट्ठी अभिषेकलाई पठाइएको छ। यसमा स्पष्ट गरिएको छ, एक दिन पहिले पठाइएको नोटिस फिर्ता लिँदैछ किनभने सुप्रिम कोर्टले सोधपुछमा रोक लगाएको छ।











