झापा: नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध रविबार सामाजिक अभियन्ता युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन्। खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको बताएको र सो कार्य पनि भ्रष्टाचारजन्य भएको सफलको दाबी छ।










