गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बलिवुडका चर्चित अभिनेता मनोज बाजपेयीसँग भेट गरे। भेटको क्रममा सिक्किम राज्यमा चलचित्र क्षेत्रमा विकास गर्ने बलियो सम्भावना र राज्यलाई चिनाउने सुन्दरताबारे चर्चा परिचर्चा गरेको मुख्यमन्त्रीले बताएका छन्। सिक्किमको अनौठो कथा र आश्चर्यजनक दृश्यलाई विश्वको दर्शकसम्म पुऱ्याउनको निम्ति राज्य सरकारले कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको बताए। यस विषयमाथि कुराकानी गर्न साथै राज्य सरकार सदैव तत्पर रहेको बताउँदै यसले राज्यका कलाकारहरूलाई प्रेरणा मिल्ने बताए। भविष्यका देशको विभिन्न सिनेमा घरमा सिक्किम राज्यको अति राम्रो दृश्य हेर्न पाउन साथै सिक्किमलाई वढावा दिन चलचित्र क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने जानकारी गराए।









