अब १० र १२ को बोर्ड परीक्षा वर्षमा दुई पटक हुने

Exam-copy-4

नयाँ दिल्ली: अब १० र १२ बोर्डका विद्यार्थीहरूले वर्षमा दुई पटक परीक्षामा सहभागी हुने विकल्प पाउनेछन्। यो जानकारी केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्रले दिएका छन्। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सोमबार भने, ‘शैक्षिक सत्र २०२५-२६ बाट विद्यार्थीहरूले कक्षा १० र १२ को बोर्ड परीक्षामा वर्षमा दुई पटक बस्ने विकल्प पाउनेछन्। प्रधानले यस योजनाले शैक्षिक तनाव कम गर्ने र सन् २०२० मा सार्वजनिक गरिएको राष्ट्रिय शिक्षा नीति (एनईपी) मा दिइएको उद्देश्य पूरा गर्ने लक्ष्य लिएको बताए। उनले विद्यार्थीहरूलाई शैक्षिक रूपमा उत्कृष्ट हुने पर्याप्त अवसर प्रदान गर्न एनईपी २०२० ले द्विवार्षिक बोर्ड परीक्षाको परिकल्पना गरेकोमा जोड दिए। शिक्षा मन्त्रालयले गत वर्ष अगस्तमा घोषणा गरेको नयाँ पाठ्यक्रम (एनसीएफ)अनुसार विद्यार्थीलाई पर्याप्त समय र राम्रो प्रदर्शन गर्ने अवसर मिलाउन वर्षमा कम्तीमा दुईपटक बोर्ड परीक्षा संचालन गरिने छ। उनीहरूले उत्कृष्ट स्कोर कायम राख्ने विकल्प पनि पाउनेछन्।

रायपुरको पण्डित दीनदयाल उपाध्याय सभागृहमा आयोजित कार्यक्रममा शिक्षामन्त्री प्रधानले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै नयाँ परीक्षा ढाँचाप्रति उनीहरूको स्वागतको मूल्यांकन गर्दै दुवै परीक्षामा आफ्नो उच्च क्षमताको लक्ष्य राख्न आग्रह गरे। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भने, ‘एनईपी मार्फत प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण विद्यार्थीहरूलाई तनावमुक्त राख्ने, गुणस्तरीय शिक्षा दिने, विद्यार्थीहरूलाई संस्कृतिसँग जोड्ने र भविष्यका लागि तयार गर्ने हो। यो सन् २०४७ सम्म भारतलाई विकसित देश बनाउने सूत्र होl’ उनले छत्तीसगढमा प्रधामन्त्री (प्रधानमन्त्री स्कूल फर राइजिङ इन्डिया) योजनाको शुभारम्भमा बोल्दै थिए। उनले भने, ‘योजनाको पहिलो चरणअन्तर्गत राज्यका २११ विद्यालयलाई ‘हब एण्ड स्पोक’ मोडलमा दुई करोड रुपियाँ खर्च गरी स्तरोन्नति गरिने छl’

About Author

Advertisement