ललितपुर: सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ। कक्षा १० र १२ को परीक्षा छुट्टाछुट्टै बोर्डबाट हुँदै आएकोमा १२ कक्षा सम्मको परीक्षा एउटै बोर्डबाट लिने सरकारले तयारी गरेको छ। शिक्षा विद्या भट्टराईका अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा अगाडि बढाइएको छ। अब कक्षा ११ मा रजिस्ट्रेशन शुल्क नलिने निर्णय भएको छ। आगामी वर्षदेखि रजिस्ट्रेशन शुल्क लाग्दैन।











