अब आबुधाबीबाट पनि श्रम स्वीकृति

IMG-20250214-WA0226

काठमाडौं: सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति दिने व्यवस्था गरेको छ। दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यो सेवाको शुभारम्भ गरेका हुन्। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारको हित र सुविधालाई ध्यानमा राखी नेपाल सरकारले राज्यबाट उपलब्ध गराइने सेवा सुविधालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै आएको बताए।
उनले सम्बन्धित दूतावासबाटै श्रम स्वीकृति दिने व्यवस्थाबाट नेपाली कामदारले लाभान्वित हुने बताए। यसबाट उनीहरुलाई प्रक्रिया पूरा गर्न नेपाल जाने झन्झटबाट मुक्ति मिल्नेछ र उनीहरुले आफ्नो पेशा र व्यवसायलाई कुनै अवरोधविना निरन्तरता दिन सक्नेछन्।
मन्त्री भण्डारीले अन्य दूतावासबाट पनि क्रमशः यो व्यवस्था लागु गरिने बताए। उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको र रेमिट्यान्स प्रमुख स्रोत भएको बताए। वैदेशिक रोजगारीको सन्दर्भमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति तर्जुमा गरी समयसापेक्ष सेवा सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिएको छ।

About Author

Advertisement