अफिमको खेती गरेको आरोपमा पाँचजनालाई नियनत्रण लिए

Manipur-1

इम्फाल(मणिपुर): मणिपुर पुलिसले अफिमको खेती गरेको आरोपमा एकजना ग्राम अध्यक्ष लगायत पाँचजना स्थानीयलाई पक्राउ गरिएको छ। ३१ एकड़ भूमिमा रोपिएको अफिमका बिरूवाहरूलाई मणिपुर पुलिस टीमले नष्ट गरेको छ।
मणिपुर पुलिसले आज उक्त घटनाको जानकारी दिदै उखरूल जिल्लाको खमासोन रेञ्जमा गए राती एक अभियान संचालन गरी अफिमको खेतीमा गर्ने चारजना स्थानीयलाई पक्राउ गरेको छ। यस घटनाबाट करिवन ३१ एकड़ भूमिमा रोपिएको अफिमको खेती बारे पत्तो लागेको बताए। यसलाई नष्ट गरिएको छ ।सो घटनामा पक्राउ पर्ने मानिसहरूको पहिचान पेइमी रामसक, लाइटसन शिमराह, कपंगखुई खशिम र यतेई एसवी- को रूपमा भएको छ। यिनीहरूबाट एउटा एयर गन र दुईवटा चक्कु पनि बरामद गरिएको छ।
यसरी नै अर्को जानकारी अनुसार मणिपुर पुलिस, वन विभाग र कार्यकारी म्याजिस्ट्रेटको संयुक्त टीमले मणिपुरको माओ थाना अन्तर्गत माओ पुंगडोंगमा पनि अफिमको खेतीलाई नष्ट गर्ने अभियान संचालन गरेको छ। यस अभियान अन्तर्गत एक एकड़ भूमिमा फैलिएको अफिमको खेतीलाई नष्ट गरिएको छ। यस क्रममासो क्षेत्रका ग्राम अध्यक्षविरूद्ध अग्रिम कानूनी कारबाही शुरू गरिएको छ।

About Author

Advertisement