पूर्वी चम्पारणः पूर्वी चम्पारण जिल्लामा अपराधीहरूले एक व्यवसायीको गोली हानेर हत्या गरेका छन् भने एक अन्यलाई घाइते बनाएको छ। घटना महुआवा थाना क्षेत्रको महुआवा मध्य विद्यालय छेउको हो। मृतक लखौरा थाना क्षेत्रको लक्ष्मीपुर गाउॅं निवासी रोहित गुप्ता उर्फ पुट्टू हुन् । उनी एक आलू-प्याज व्यापारी थिए।
जानकारी अनुसार, बिहिवार राति व्यवसायी रोहित गुप्ता आफ्नो दोकान बन्द गरेपछि महुआवा निवासी आफ्नो चालक ललन यावदलाई बाइकमा लिएर घर फर्किरहेका थिए। यसावधि महुआवा मध्य विद्यालय छेउ बाइकमा आएका दुई अपराधीले रोहित गुप्तामाथि गोली चलाए। रोहितको छातीमा दुई गोली लाग्यो र एक गोली ललन यादवको हातमा लाग्यो।
घटनापछि स्थानीय मानिसहरूले दुवैलाई उपचारको निम्ति मोतिहारी पठाए। अस्पतालमा चिकित्सकहरूले रोहितलाई मृत घोषित गरिदिए। घाइते ललनको उपचार चलिरहेको छ। बदमाशहरूको पत्तो लागेको छैन। पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
-हिस










