गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै पोलिङ अधिकारी साथै प्रिसाइडिङ अधिकारीहरूलाई लिएर पहिलो चरणको प्रशिक्षण कार्यक्रम आज पाकिम जिल्लाको डिकलिङ वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न भयो। यस प्रसिक्षण कार्यक्रमको देखरेख पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल र अतिरिक्त जिल्लापाल अनुपा तामलिङले गरेका थिए। आजदेखि शुरू भएको प्रशिक्षण कार्यक्रमको समापन आगामी १२ अप्रेलको दिन सम्पन्न हुने भएको छ।चुनाउ सेलकी सहसचिव मेरिना राईले प्रशिक्षण कार्यक्रममा मतदान सञ्चालनको प्रक्रिया, मतदान केन्द्रका लागि रोकथामका उपायहरू, वैधानिक र अवैधानिक फारमहरूबारे छलफल, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू प्रतिस्थापनसम्बन्धी प्रशिक्षण अवधिमा जानकारी गराइन्।

यस अवसरमा जिल्लास्तरीय मास्टर ट्रेनर तेञ्जिङ पेमाले सम्वन्धित अधिकारीहरूलाई लिएर सैद्धान्तिकरूपमा चुनाउ प्रक्रियाबारे अवगत गराए।









