अन्तर सदनात्मक लात्तेभकुन्डो प्रतियोगिता सम्पन्न

fe5b93c8-525c-4519-b77f-fa71510d0207

कालचिनीः कालचिनी खण्डको एकमात्र नेपाली उच्चमाध्यामिक विद्यालय शंकर नेपाली स्कूलका विद्यार्थीहरूलाई हाउसमा विभाजित गर्दै शुक्रबार अन्तर सदनात्मक लात्तेभकुन्डो प्रतियोगिता सम्पन्न भयो। दुई समूहमा छात्रछात्रालाई बाँड़ेर चारवटा फाइनल खेलमा सिनियर ब्वाइजमा ब्लू हाउस र गर्ल्समा ग्रीन हाउस अनि जुनियर ब्वाइजमा यल्लो हाउस र गर्ल्समा रेड हाउस विजयी बनेको थियो।
सर्वश्रेष्ठ खेलाड़ीको पुरस्कार वितरण स्कूलका शिक्षक श्याम प्रधान, दीप लामा, र शम्भू शर्माको बाहुलीबाट गरिएको थियो।
मूलतः विद्यार्थीहरूलाई किताबी शिक्षा मात्र नभएर शिक्षाको प्रमुख अंग मानिने खेलकूदप्रति आकर्षित गर्न एवम् विद्यार्थीवर्गको सर्वाङ्गीण विकासको निम्ति विभिन्न रचनात्मक क्रियाकलाप गर्ने क्रममा शुक्रबार स्कूलले सिनियर र जुनियर ब्वाइज अनि गर्ल्सहरूलाई हाउस अनुरुप लात्तेभकुन्डो प्रतियोगितामा सहभागी गराएको र खेल रोमाञ्चक भएको स्कूलका शिक्षकगण अबीर खालिङ, श्याम प्रधान, अभिजीत मिजार र दीप लामाले जनाएका छन्।

About Author

Advertisement