अन्तर्राष्ट्रीय ताइक्वाण्डो प्रतियोगितामा सञ्जय सुब्बालाई स्वर्ण

IMG-20240814-WA0339

गान्तोक: थाइल्याण्डको राजधानी बैङ्ककमा आयोजित सातौं हिरोस इन्टरनेशनल ताइक्वाण्डो च्याम्पियनशीप २०२४-मा सिक्किमका सञ्जय सुब्बाले स्वर्ण जितेका छन्। उनले ६० किलोवर्गको एकल पुरुष वर्गमा स्वर्ण पदक जितेका हुन्। यसरी नै अनिता सुब्बा र जितेन्द्र लिम्बूको साथमा मिक्सड टीम ताइक्वाण्डो पुम्से वर्गमा काँस्य पदक पनि जितेका छन्। उल्लेखनीय छ, सातौं हिसोर इन्टरनेशनल ताइक्वाण्डो च्याम्पियनशीपमा सिक्किम एमेच्यूर ताइक्वाण्डो एसोसिएशन (साटा)-बाट सञ्जय सुब्बा, अनिता सुब्बा र जितेन्द्र लिम्बूले भारतको प्रतिनिधित्व गरेका थिए।

देशको निम्ति एउटा स्वर्ण र एउटा काँस्य पदक जितेकोमा साटाका संस्थापक तथा प्रमुख प्रशिक्षक त्रिलोक सुब्बाले खेलाड़ीहरूलाई बधाई दिएका छन्। यस प्रतियोगितामा विश्वभरिका ३१ वटा देशका खेलाड़ीहरूले सहभागिता जनाएका थिए।

About Author

Advertisement