अन्तर्राष्ट्रिय बाल श्रम निषेध दिवसमा सिलगढीमा सडक नाटक

Capture-4.jpg

सिलगढी: समाजमा बाल श्रमलाई अंकुश लगाउने उद्देश्य लिएर विभिन्न स्वयंसेवी संस्थाहरूले लगातार प्रयास गरिरहेको छ। तर यस समाजमा बाल श्रमको विरोध गरे तापनि नानीहरूद्वारा बाल श्रम गराइरहेको छ। आज अर्थात् १२ जून अन्तर्राष्ट्रिय बाल श्रम निषेध दिवस हो तर यस दिनको विशेष महत्व केही मानिसहरूलाई मात्र थाहा छ, यसैले समाजबाट बाल श्रम लगायत नानीहरूमाथि भइरहेको अत्याचार रोक्नको लागि सिलगढी मेट्रोपोलिटनको महिला थानाको पहलमा तथा सिनी नामक स्वंयसेवी संस्थाको सहयोगितामा आज सिलगढीको भेनस मोडमा एउटा कार्यक्रमको आयोजना गरियो। अन्तर्राष्ट्रिय बाल श्रम निषेध दिवसको अवसरमा आज सिलगढीको भेनस मोडमा नानीहरूद्वारा सडक नाटक प्रस्तुत गरियो। यसको साथै महिला थानाको तर्फबाट समाजबाट बाल श्रम बन्द गर्ने तथा असहाय नानीहरूलाई शिक्षाको क्षेत्रमा जोड्ने सन्देह दिइयो।

About Author

Advertisement