अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा विभिन्न नृत्य प्रतिष्ठानहरुमा विशेष कार्यक्रम

d49581e8-507d-4850-bafe-4ba899fc8c6d

सिलगढी: आज २९ अप्रेल अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा देशभरी झै सिलगढीका विभिन्न नृत्य प्रतिष्ठानहरूमा पनि विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ। यस सन्दर्भमा सिलगढीका प्रसिद्ध तथा ख्यातिप्राप्त नृत्य कलाकार अन्तर्राष्ट्रिय मृत्तिका नृत्य समूहका निर्देशक सुजाता चयाटर्जी र अयन भट्टाचार्यले एक अन्तर्वार्तामा धेरै भन्दा धेरै मानिसहरूलाई नृत्य बिधामा सामेल हुन आग्रह गरे। जसले गर्दा शरीर र मन दुवै स्वस्थ रहन्छन्। डान्स सिक्नको लागि उमेर हुँदैन, जुनसुकै बेला पनि डान्स सिक्न सकिने उनको भनाइ छ । यता डायनामिक डान्स एकेडेमीका राजन गुप्ताले हरेक वर्ष झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय नृत्य दिवस निकै राम्रोसँग मनाउने बताए । उनले नृत्यमा राम्रो भविष्य रहेको पनि बताए।साथै यस क्षेत्रमा रहँदा उनले यो कुरा भोगेका वा देखेका छन् ।

About Author

Advertisement