ग्लास्गो: अनुभवी महिला भारोत्तोलक बिन्दियारानी देवीले राष्ट्रमण्डल खेलहरू २०२६-को ५८ किग्रा भार वर्गमा काँस्य पदक जितिन्। बिन्दियारानीले स्न्याचमा ८७ किग्रा अनि क्लीन एण्ड जर्कमा ११२ किग्रा ओजन उठाइन्। यसरी उनी जम्मा १९९ किग्रा ओजन उठाएर तेस्रो स्थानमा रहिन्। स्पर्धामा स्वर्ण पदक नाइजेरियाकी रफियातु फोलाशेड लवालले जितिन्। उनले जम्मा २२९ किग्रा (१०३+१२६) ओजन उठाइन्। यसरी क्यानाडाकी आन सोफी तासचेरयूले जम्मा २१५ किग्रा (९४+१२१) ओजन उठाएर रजत पदक हासिल गरिन्। बिन्दियारानीले २०२२ बर्मिंघम खेलहरूमा रजत पदक जितेकी थिइन् अनि गत वर्ष अहमदाबादमा भएको राष्ट्रमण्डल च्याम्पियनशीपमा दोस्रो स्थानमा रहेकी थिइन्। जारी राष्ट्रमण्डल खेलहरूमा भारोत्तोनमा यो भारतको पाँचौं पदक हो। यसअघि महिलाहरूमा मीराबाई चानूले स्वर्ण र ज्ञानेश्वरी देवीले रजक पदक जितेकी थिइन्। यसरी पुरुषहरूमा रिषिकान्ता सिंह र मुथुपाण्डी राजाले रजत पदक जितेका छन्।









