अनुज्ञालयको पहलमा “बाल श्रम मुक्त सोमबारे बजार”- को साइन बोर्ड स्थापित

IMG-20240619-WA0230.jpg

गोरुबथान: बुधबार १९ जुनको दिन गोरुबथान १ ग्राम पञ्चायत एवं अनुज्ञालय संस्थाको पहलमा गोरुबथान पञ्चायत समिति, गोरुबथान थानाको सयुक्त आयोजनामा गोरुबथान १ ग्राम पञ्चायत कार्यालय अघि “बाल श्रम मुक्त सोमबारे बजार”- को साइन बोर्ड स्थापित गरियो। गत १२.०६.२०२४ बुधबारको दिन संस्था एवं गोरुबथान १ ग्राम पञ्चायतको पहलमा, पुलीस डिपार्टमेन्ट, रोज मेरी बोर्डिङ स्कुल, चिल्ड्रेनस् होम एकेडमी, मस्कट स्कूल, माल बस्ती एक्स आर्मी एशोसिएसन, चालक महासंघ, टेक्सी एशोसिएसन गोरुबथान, टेक्सी एशोसिएसन सी.बी.आई., ग्रास रूट फाउन्डेसन, हिमाली समाज, हाम्रो समाज, न्यू स्पोर्टिङ्ग क्लब, कन्सेटो क्लब, सयुक्त समाज, भी.बी. डी. टीमको सयुक्त आयोजनामा रेली, जनचेतना, एवं बाल मजदूर नरखिदिने अपील गर्दै “विश्व बाल मजदुर विरोध दिवस- २०२४” पालन गरिएका थियो। उक्त कार्यक्रमपछि आज बुधबारको दिन सप्ताह व्यापी पालन गरिने “विश्व बाल मजदुर विरोध दिवस- २०२४” अन्त गर्दै “बाल श्रम मुक्त सोमबारे बजार”- लाई पुनः स्थापना गरियो। कार्यक्रमलाई बाल सुरक्षा कर्मी उज्जवल राई छोटकारीमा गत १२.०६.२०२४-को कार्यक्रमबारे स्मरण गराउँदै कार्यभार प्रदेश राईलाई सुम्पिए। उपस्थित अथितिगणलाई फूलको बिरुवाले स्वागत गर्दै कार्यक्रमको औचित्य बारे “शुरखितो शैशु” बाल अधिकार एवं सुरक्षा परियोजनाको संयोजक सुदीप बोमजोनले गत २३ फरवरी २०१६ मा नै सोमबारे बजारमा बाल मजदूरमाथि जनचेतनामुलक कार्यक्रम एवं सर्भे गरी जनमानसमा बाल मजदूर राख्नु कानूनी अपराध हो। यसरी कानुनलाई हातमा लिई कसैले बाल मजदूर गराए कानूनी कारवाही हुने बुझाएको थियो। उक्त विषयमा नपत्याई बाल मजदूर गराइएको धेरै मानिसमाथि कानूनी कारवाही गरी रेड एण्ड रेस्कयु गरी सजाई पनि भएको थियो। त्यसपछि भने गोरुबथान सोमबारे बजारमा प्रत्यक्ष रूपमा बाल मजदूर भने देख्नु पाएको छैन। साथै गत १२.०६.२०२४ पञ्चायत समिति एवं गोरुबथान १ ग्राम पञ्चायत लगायत स्कूलहरु, संघ-संस्थाहरुको सहयोगमा गोरुबथान खण्डको मुटु मानिएको सोमबारे बजार पुनः जनचेतनाको निम्ति बाल मजदूर नरखिदिने अपील गर्दै रेलीको आयोजना गरिएको थियो। त्यसपछि पञ्चायत समिति सभापति सूर्यमणि राई एवं गोरुबथान १ जीपी पञ्चायत प्रधान निमा तामाङको बहुलीबाट “हाम्राे गोरुबथान राम्रो गोरुबथान”को नयाँ विचारलाई उचित टेवा दिनलाई “बाल श्रम मुक्त सोमबारे बजार”- को साइन बोर्ड अनावरण गरियो।

पञ्चायत समिति सभापति, पञ्चायत प्रधान, गोरुबथान थानालाई प्रतिनिधीत्व गर्दै एसआई सुमन छेत्री, कारितस् इण्डिया प्रोग्राम लिड जयोन्तो मुनशी आदिले कार्यक्रमलाई सम्बोधन गरे। उक्त कार्यक्रममा पञ्चायत समितिका कर्माध्यक्ष, शिशिर प्रधान,भोटु दर्नाल, सोनाम लेप्चा, कुमार थापा, गोरुबथान १ जीपी पञ्चायत, उपप्रधान आशा सुब्बा, सञ्चालक सन्जीब राई तुलाशा छेत्री, ई.ए. सुरेन्द्र विश्व, पञ्चायत कर्मीगण, संस्थाको पक्छादेखि प्रविन राई, दर्पण गुरुङको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमलाई डीएसटि रिसर्च एस्सिस्टेन् राजु सार्कीदले धन्यबाद् ज्ञापनद्वारा कार्यक्रम समापन गरियो।

About Author

Advertisement