अनित थापाले दिए पञ्चायतीराजका सदस्यहरूलाई गुरू मन्त्र – “राम्रो हेर्नुहोस, राम्रो सुन्नुहोस, राम्रो काम गर्नुहोस यही हो असल काम गर्ने मन्त्र

IMG-20230929-WA0149.jpg

दार्जिलिङ: राम्रो हेर्नुहोस, राम्रो सुन्नुहोस, राम्रो काम गर्नुहोस यही हो असल काम गर्ने मन्त्र भनी जीटीए चिफ् अनित थापाले आज पञ्चायतीराजकाल सदस्य- सदस्याहरूलाई गुरु मन्त्र दिएका छन्। उनले आफ्नो सम्बोधनमा भने, हामीले धेरै कुरा माग्नु चाहेर धेरै आन्दोलन गर्यौ तर पाउनुको सट्टा गुमायौं मात्र। ठूलो चीज माग्दा सानो चीज सबै गुमाई पठाएका छौं। भएको व्यवस्थालाई फकाउँदा नै हाम्रो समय जाँदैछ।’
उनले अघि भने, ‘२०१७ देखिको मैले सुरु गरेको यात्राको उपज नै तपाईहरू हुनुहुन्छ। हामीले पञ्चायती राज फर्काएर ल्यायौं। चुनाव सम्पन्न गरायौं। आज तपाईहरु यस कार्यशालामा हुनुहुन्छ। तपाईहरू यो यात्राको सहयात्री हुनुहुन्छ। पहाडलाई माया गरेर काम गर्नुहोस्। पहाडले पनि व्यवस्था चलाउनु सक्छ भनेर प्रमाण दिने तपाईहरुको जिम्मेवारी हो।’ उनले अझ भने, ‘नयाँ यात्रामा हिँड्नु हुँदैछ। यात्रा सहज अनि कठिन दुवै छ।सबैलाई खुसी राख्नु सक्नु हुन्न, राम्रो हेर्नुहोस, राम्रो सुन्नुहोस, राम्रो काम गर्नुहोस यही हो असल काम गर्ने मन्त्र। अरूको गुण मात्र लिएर काम गर्नुहोस् सबै सजिलो सँग बढ्नेछ।’

यस कार्यक्रममा पश्चिम बंगालको मन्त्रीहरू क्रमैले अरुप विश्वास, प्रदीप माजुम्दार अनि कालेबुङ अनि दार्जिलिङका जिल्लापाल, पञ्चायत समिति अनि ग्राम पञ्चायतका सदस्य-सदस्याहरू उपस्थित रहेका थिए।

About Author

Advertisement