अनित थापाले उजागर गरे सिटोङको निम्ति अनित मोडल

“पहिला गाउँ बनाऔं त्यसपछि हामी बनिन्छौ”: अनित थापा

सिटोङ: जी टी एका प्रमुख कार्यपाल अनित थापालाई सिटोङ-लाटपन्चर समष्टि अन्तर्गत सिटोङ (१) मा भव्य स्वागत गरियो।

जी टी ए चुनावमा विजय हासिल गरे पश्चात अनित थापाको पहिलो भ्रमण हो यो। सिटोङ-लाटपन्चर समष्टिबाट उनले जीत हासिल गरेका हुन्।

आज म भाषण दिनु होइन धन्यवाद दिनु आएको हुँ। आज मनोरञ्जन गर्ने दिन हो। तपाईहरुले मलाई जुन आत्मियता देखाएर सहयोग गर्नु भयो अनि मलाई जिताउनु भयो त्यसको निम्ति पनि धन्यवाद भन्दै आफ्नो आगामी दिनमा समष्टिको निम्ति गरिने कामहरूको मोडेल राख्दै भने, “तपाईहरुले भोट दिनु भयो, अब काम गर्ने पालो हाम्रो। तपाईहरुले पनि मानिसलाई केही भनेर नै भोट माग्नु भयो, अब त्यो भनेको कुरा पूरा गर्ने समय आएको छ। पहिला गाउँ बनाऔं त्यसपछि हामी बनिन्छौ।”

उनले काम गर्ने मोडल माथि प्रकाश पार्दै भने, “आगामी पाँच वर्षमा मेरो समष्टि साथै अन्य समष्टि हरुमा सिस्टम अनुसार काम गर्नेछौ। सिटोङलाई म चार वटा जोनमा विभक्त गरेर काम गर्नेछु। हाम्रो काम गर्ने तरिका यस्तो रहनेछ। कुनै पनि काम गर्दा पालन गर्नु पर्ने प्रोटोकल यस्तो हुनुपर्छ: गाउँ देखि जोन अनि समष्टि अनि जी टी ए। प्रत्येक जोनमा एउटा अफिस हुनेछ अनि कर्मचारी रहनेछन्। यहाँ मनमानीले काम हुनेछैन। गाउँमा
काम आउँदा  प्रत्येक घरले थाहा पाएको हुनुपर्छ।”

यही हो अनित मोडल।

सिटोङमा मेरो अब आफ्नै घर हुनेछ भनी घोषणा गरे। उनले भने “यहाँ म महिनामा एकपल्ट त अवश्य नै आउनेछु।”

उनले थप भने, “विद्यार्थीहरुलाई लिएर एउटा काउन्सिलिङ टीम बनाउनेछु। नानीहरुलाई पढेर के गर्ने, कहाँ पढ्ने त्यो कुरा बताउनु पर्छ। हामी सबै क्षेत्रलाई लिएर काम गर्नेछौ शिक्षा  स्वास्थ्य, पर्यटन, होटल आदि। यहाँ थुप्रै होमस्टे छन् तर पर्यटन लाई बढाउनु ठूलो ठूलो होटल पनि हुनु आवश्यक छ।
प्रत्येक गाउँ विकसित हुनुपर्छ। काम गर्दा कसैलाई छुट्याउनु हुँदैन। भोटको समयमा जे भयो भयो। अब यथार्थमा आएर विकास को निम्ति सबैलाई लिएर काम गर्नु पर्छ। हाम्रो कृषिमा टेक्नोलोजी हाल्नु पर्छ।

यो समष्टिमा पहिला म हनुमानको मूर्ति स्थापना गर्छु।

About Author

Advertisement