अनित थापाको सहयोगमा जीर्णावस्थामा रहेको घर निर्माणको लागि शिलान्यास

IMG-20250615-WA0017

खरसाङ: तीनधारे महानदी समष्टिको महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको गुम्बाडाँडा निवासी लक्ष्मी यादवको नयाँ घर निर्माणको लागि शिलान्यास गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको सहयोगमा जीर्णावस्थामा रहेको उक्त घरको निर्माण कार्य गरिने भएको छ।‌ सिविटार चियाबारीको गुम्बाडाँडा निवासी लक्ष्मी यादवको नयाँ घर निर्माणको लागि आईतबार शिलान्यास गरिएको छ। उक्त नयाँ घर निर्माणको लागि सम्पन्न शिलान्यास कार्यक्रममा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, बुथ कमिटीको सभापति राजेन्द्र प्रधान, सचिव सुमन प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।‌ पूजा अर्चनासहित भूमि पूजा गरेर उक्त नयाँ घर निर्माणको लागि शिलान्यास गरिएको छ। स्थानीय लक्ष्मी यादवको नयाँ घर निर्माणको लागि भागोप्रमो तीनधारे महानदी समष्टि र स्थानीय पञ्चायत सदस्य र पञ्चायत समितिको पहलमा जीटीए प्रमुख‌ अनित थापालाई गत महिना ज्ञापन पत्र बुझाएका थिए। यसैको आधारमा जीटीए प्रमुख अनित थापाले‌ नयाँ घर निर्माणको लागि सर सामानहरु झारिदिएका छन्। यसको साथै आईतबार उक्त घरको निर्माण कार्यको लागि शिलान्यास गरिएको छ।‌ उक्त नयाँ घरको निर्माणको लागि शिलान्यास कार्यपछि लक्ष्मी यादवले जीटीए प्रमुख अनित थापा र स्थानीय पञ्चायत प्रतिनिधिहरु र पार्टी प्रतिनिधिहरु सबैलाई धन्यवाद दिएका छन्‌। लक्ष्मी यादवको घर निर्माणको लागि शिलान्यास कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत सदस्य राजीव तामाङले भने हामीले गत महिना जीटीए प्रमुख अनित थापालाई लक्ष्मी यादवको नयाँ घर निर्माणको लागि ज्ञापन पत्र बुझाएका थियौँ र गत १० जूनदेखि घरको लागि सर समानाहरु आउन थालेको थियो र आईतबार शिलान्यास गरेर नयाँ घर निर्माणको लागि कार्य थालिएको जानकारी गराएका छन्। उनले यसरी नयाँ घर निर्माणको लागि शिलान्यास गरेर कार्य थालिएकोमा‌ लक्ष्मी यादव र परिवार साथै सम्पूर्ण गाउँवासीको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।

About Author

Advertisement