अनित थापाको गोर्खाल्याण्डप्रति प्रतिबद्धताको घोषणा

2e8bb1b2-32ee-4956-aaf4-8e91341739a2

बिजीपीएम पार्टीकाे एउटै लक्ष्य गोर्खाल्याण्ड हो र जहाँ गोर्खाल्याण्डको आवाज उठ्छ त्यहाँ त्यहाँ मेरो अनि पार्टीकाे समर्थन रहनेछ: अनित थापा

खरसाङ: बिजीपीएम पार्टीकाे एउटै लक्ष्य गोर्खाल्याण्ड हो। आज दार्जिलिङमा भईरहेको गोर्खाल्याण्ड मांगको निम्ति गरिएको कार्यक्रमलाई बिजीपीएमले समर्थन गर्छ अनि भोलि पनि त्यस्ता कार्यको समर्थन गर्नेछ। जहाँ जहाँ गोर्खाल्याण्डको आवाज उठ्छ त्यहाँ त्यहाँ मेरो अनि पार्टीकाे समर्थन रहनेछ।गोर्खाल्याण्ड पार्टीकाे मुद्दा होइन, जातिको मुद्दा हो।गोर्खाल्याण्डको समर्थन हामी गर्छौ। जातिको निर्णायक लडाइँ नै हाम्रो लक्ष्य हो। गोर्खाको किपट खुस्किन्दैछ। क्षेत्रीयता खिस्किन्दैछ। हाम्राे नेतृत्व (पहाडको सबै नेताहरु) को समयमा गोर्खाको क्षेत्रीयता खुस्कियो, किपट हातबाट गयो भने सबै नेताहरूलाई ठूलो कलंक लाग्नेछ।”
खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, टुंग सेन्ट मेरिज समष्टिले आयोजना गरेको कर्मी सभामा बोल्दै उपर्युक्त बयान पार्टीका अध्यक्ष अनित थापाले दिएका हुन्। पार्टी छोडेर जाने निर्वाचित पञ्चायत सदस्यहरु अनि सभासदहरुमाथि कटाक्ष गर्दै थापाले भने, “बिजीपीएमको सोच अनि विचारमा अडिनेहरु मात्र हामीसंग छन्। जानेहरु गए, भन्नु केही छैन। तर सार्हो गार्हो पर्दा फटेंग्रा जस्तो उफ्रिनु हुँदैन। बिजीपीएमको यात्रा अब माटोको निम्ति हुनुपर्छ भनेर मैले जीटीएको कुर्सी त्यागी दिए। जीटीएको समय अझ १५ महिना थियाे। तर जीटीए गोर्खाल्याण्डको निम्ति बाधा हुन्छ भन्ने जुन सोच प्रचार गरिएको थियो, त्यसलाई सम्मान गर्दै मैले कुर्सी त्यागी दिए। तर उनीहरु त सत्ता सम्हाल्नु पट्टि लागे।”
सभासदहरूको आरोपलाई नकार्दै थापाले भने, “मैले बीजेपीलाई समर्थन गर्छु कहिले भनेको छुइन तर राजु विष्टले भनेका थिए कि पार्टीेभन्दा गोर्खाको मांग ठूलो हो भन्ने बयानलाई समर्थन गरेको थिए। राजु विष्टको हात बलियो बनाउनुपर्छको अर्थ बीजेपीलाई समर्थन दिनु हैन।”


उनले अझ भने, “हाम्राे आवाज खोसिन्दै छ। अहिले कोही बोल्नु सकेको छैन। भएकाे कुरा पनि खोसिन्दैछ। सबै कुरा खोसियोस तर गोर्खा जातिलाई दिएको कमिटमेन्ट गोर्खाल्याण्ड दिओस्।”
सरकारले पञ्चायलाई जिउँदो लास बनाइदिएको छ भन्दै थापाले भने, “हामीले पञ्चायती व्यवस्था फर्काएर ल्यायौं। पञ्चायतमा नेताहरु बनाएर पठायौं। तर हामीलाई चाहिएको समयमा उनीहरूले छोडेर गए। अहिले पञ्चायतलाई जिउँदो लास बनाइदिएको छ। उनीहरूको पेनको निव काम नलाग्ने भएको छ। सरकारको पक्षको पार्टीमा गएका छन्, हाम्रो पेनको नीबमा किन मसी छैन भनेर सोध्नु सक्दैन। के आवाज खोसिएको हैन र?”
पहाडमा सबैभन्दा बढी कार्यकर्ता भएको पार्टीे नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हो। नयाँ युगको नेताहरु जन्मिनु थालेको छ हरेक समष्टिमा। जबसम्म सास छ, अनित थापा यही झण्डा मुनि रहनेछ। रोशन हाङ सुब्बाको अध्यक्षतामा सम्पन्न गरिएको सभामा वक्ताहरुले पहाडको शान्तिको प्रतिक हुन् अनित थापा भन्ने पगरी पनि लगाए भने आजको सभा बोलाउनुकाे मुख्य कारण हिजो पनि हामी अनित थापाकाे साथमा थियौं, आज पनि छौ अनि भोली पनि रहनेछौं भन्ने सन्देश दिनु रहेको बताए। कार्यक्रममा समष्टिमा विभिन्न पूर्णाङ्क समितिहरू पनि गठन गरियो। टुङ सेन्ट मेरीस प्यारेन्ट बडीको नेतृत्व रोशनहाङ सुब्बालाई दिइयो। टुंग सन्त मेरिज ट्रेड जोनल समितिलाई मुकुन्दर बम्जनले नेतृत्व दिनेछन् भने युवा शक्ति उर्गेन घिसिङको नेतृत्वमा अघि बढ्नेछ।

About Author

Advertisement