अण्डर-१६ फूटबल खेलाडीहरूको छनौट सम्पन्न

IMG-20241215-WA0271

सोरेङ: सोरेङ जिल्लाको जौटार स्टेडियममा आज १६ वर्ष भन्दा कम उमेरका फूटबल खेलाडीहरूलाई लिएर राज्यको खेलकूद एवं युवा मामिला विभागको पहलमा आयोजित छनौट प्रक्रियाको आज समापन भयो। हिजोदेखि शुरू भएको छनौट प्रक्रियाको समापन कार्यक्रममा सोरेङ जिल्लाकी डीजी पाल्देन भोटिया, प्रभारी नविन लामा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीहरूले आगामी २२-२३ दिसम्बरमा गान्तोकस्थिक पाल्जर स्टेडियममा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउने छन्।

About Author

Advertisement